नियम १८१
जनपद प्रहरी समूहमा समूहिकृत हुने
: (१) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत गठन  भएको प्रहरी पहरा गण यो नियमावली प्रारम्भ भएपछि जनपद प्रहरी समूहमा समूहिकृत हुनेछ ।
(२) उपनियम (१) बमोजिम समूहिकृत भएको प्रहरी कर्मचारीहरुलाई सेवा विशिष्टीकृत कार्यक्षेत्र अन्तर्गतको सुरक्षा व्यवस्थापन तथा नियन्त्रणको काममा लगाइनेछ ।
(३) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) नियमावली, २०४२ बमोजिम नियुक्ति भएको प्रहरी केटाको दरवन्दी यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी वा सो सरहको पदमा स्वतः कायम हुनेछ ।